५० हजारलाई रोजगारी दिने लक्ष्य छः मिनबहादुर गुरुङ

काठमाडौँ । भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा सबैभन्दा ठूलो क्षति भोगेको भाटभटेनी सुपर स्टोर पुनः उठ्ने अभियानमा जुटेको छ । आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोर पूर्ण रूपमा जलेर ध्वस्त भए भने ८ वटा स्टोरमा आंशिक क्षति पुग्यो। लुटपाट, तोडफोड र आगजनीबाट करिब १६ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको भाटभटेनीले जनाएको छ ।

ठूलो विपत्तिका बीच पनि भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले कर्मचारी कटौती गरेनन्, न त तलब र बोनस नै रोके। दसैँको मुखैमा संकट आए पनि उनले १० हजारभन्दा बढी कर्मचारीलाई निराश हुन दिएनन्।

कोटेश्वरस्थित भाटभटेनीको पुनर्निर्माणमा दैनिक १५ घण्टासम्म खटिँदै आएका गुरुङले भाटभटेनीलाई अझ मजबुत बनाउने संकल्प लिएका छन्। उनले भविष्यमा ५० हजार नेपाली युवालाई रोजगारी दिने र कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य अघि सारेका छन्।

खोटाङको किसान परिवारबाट व्यवसाय सुरु गरेका गुरुङले २०४१ सालमा श्रीमतीका गहना बेचेर सानो स्टोरबाट भाटभटेनीको यात्रा थालेका थिए । आज भाटभटेनी हजारौँ नेपालीका लागि रोजगारी र भरोसाको आधार बनेको छ ।

“भाटभटेनी मेरो परिवार हो, म मालिक होइन अभिभावक हुँ,” मिनबहादुर गुरुङ भन्छन्। विपत्तिपछि पनि हार नमानेर अघि बढेको भाटभटेनीको पुनरुत्थान अभियानलाई धेरैले नेपाली निजी क्षेत्रको उदाहरणीय संघर्षका रूपमा हेरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै