लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले पाँचतारे होटल सञ्चालन गर्ने

रुपन्देही । रुपन्देहीको सियारी वडा नं. ५ मा विगत ३ वर्षदेखि निरन्तर मुनाफामा सञ्चालन भैरहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवालाई स्तरोन्नती गर्न लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा’को ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ ।

जुन म्यारियट इन्टरनेसनलको काठमाडाैं उपत्यका बाहिरको पहिलो र एकमात्र उपस्थिति हुनेछ, जसको लागि रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष दिपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपानेज्यू लगायतका रिसोर्टका सञ्चालकहरु एवम् उच्चपदस्थ पदाधिकारीहरु र म्यारियट इन्टरनेसनलको तर्फबाट म्यारियट इन्टरनेसनलको एशिया प्यासिफिक हेर्ने प्रमुख सञ्चालन रिसोर्टका तर्फबाट अध्यक्ष दिपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपाने लगायतका सञ्चालक तथा पदाधिकारीहरुको उपस्थिति थियो ।

त्यस्तै, म्यारियट इन्टरनेसनलका तर्फबाट एशिया प्यासिफिक प्रमुख मिस्टर नीरज गोभिल , दक्षिण एशिया विकास विभागका सिनियर भाइस प्रेसिडेन्ट किरण एन्डिकोट र भाइस प्रेसिडेन्ट सुश्री जुही रोयलगायतको सहभागितामा सम्झौता सम्पन्न भएको हो ।

यस रिसोर्टले चालू आर्थिक वर्षको अन्त्यसम्ममा पाँचतारे होटलको अनुमति लिने लक्ष्य राखेको छ । नेपालकै पहिलो र एकमात्र ‘वाटर रिसाेर्ट’ को रुपमा सञ्चालन हुने यस परियोजनामा निम्न अत्याधुनिक सुविधाहरु उपलब्ध हुनेछन्-

-अत्याधुनिक वाटर फाउन्टेन र म्युजिकल फाउन्टेन ।

-३डी वाटर स्क्रिन र वाटर सोज ।

-मोटर बोटिङ, मिनी क्रुज र वाटर रेस्टुरेन्ट ।

-वाटर स्पा र अन्य दर्जनौं पानीजन्य मनोरञ्जनात्मक गतिविधिहरु ।

जलवायु परिवर्तन र विश्वव्यापी उष्णताको चुनौतीलाई मध्यनजर गर्दै यस रिसोर्टलाई नेपालकै पहिलो ‘ग्रीन सर्टिफिकेसन (गाेल्ड)’ प्राप्त वेलनेस रिट्रिट एण्ड इकाे रिसाेर्टका रुपमा विकास गरिनेछ । यसका लागि ऊर्जा बचत, वातावरण संरक्षण र न्यून प्रदूषणका अन्तर्राष्ट्रिय मापदण्डहरु पालना गरिने रिसोर्टले जनाएको छ ।

साथै, प्राकृतिक चिकित्सा र अर्गानिक खानपानलाई जोड दिँदै यसलाई ‘अर्गयानिक फाइभ स्टार वेलनेस लक्जरी रिसाेर्ट’ का रुपमा समेत ब्राण्डिङ गरिनेछ, जुन नेपालको पर्यटन क्षेत्रमा बिल्कुलै नयाँ र पृथक प्रयास हुनेछ । २०७५ सालदेखि सञ्चालनमा आएको र विगत ३ वर्षदेखि निरन्तर नाफामा रहेको यस रिसोर्टको स्तरोन्नतिले लुम्बिनी क्षेत्रको मात्र नभई समग्र नेपालकै पर्यटन उद्योगमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै