वीरगञ्जबाट मात्रै ३३ अर्बभन्दा बढीको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको प्रथम चार महिनामा ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार १७ अर्ब ३२ करोडको भटमासको तेल र दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै