तातोपानी नाका हुँदै पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात

काठमाडौँ । नेपाल-चीनबीचको व्यापारिक नाका तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ढुवानी गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर यो हेलिकोप्टर तातोपानीसम्म ल्याएको हो ।

नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको उक्त हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको छ  । आडो ट्रान्सपोर्ट कम्पनीले बुधबार बेलुकी ४० फुटे टेलरमा राखेर हेलिकप्टर नेपाल ल्याएको हो ।

तातोपानी भन्सार कार्यालयका अनुसार एक–दुई दिनभित्र भन्सार जाँचपास प्रक्रिया पूरा गरिनेछ । यसबाट ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको छ । चिनियाँ हेलिकप्टरको मूल्य अनुसार राजस्व तय हुने कार्यालयले जनाएको छ।

माउन्टेन हेलिकोप्टर प्रालिले कूल पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ, जसमध्ये यो पहिलो आयात हो। यस आयातले नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा नयाँ आयाम थपेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै