नवलपरासीमा ३० करोडको लगानीमा अतुल्य स्टिल उद्योग खुल्ने

काठमाडौंँ । नवलपरासीको दुम्किबासमा ३० करोड १६ लाख रुपैयाँको लागतमा अतुल्य स्टिल उद्योग स्थापना हुने भएको छ । यो नयाँ उद्योगले मुख्यगरी जीआई तार र ग्याबियन बक्स उत्पादन गर्नेछ ।

कम्पनीले दैनिक १०० मेट्रिक टन ग्याबियन बक्स र ६६ मेट्रिक टन जीआई तार उत्पादन गर्ने लक्ष्य लिएको छ, जसले कुल दैनिक उत्पादन क्षमता १६६ मेट्रिक टन पुग्नेछ ।

यो परियोजनाका लागि १९ करोड ६० लाख रुपैयाँ बैंक कर्जाबाट जुटाइनेछ भने बाँकी १० करोड ६० लाख रुपैयाँ इक्विटीमार्फत लगानी हुनेछ । हाल उद्योग निर्माणका लागि जग्गा अधिग्रहण र संरचना निर्माणको काम भइरहेको छ ।

उद्योगले आवश्यक वायर रड भारतबाट आयात गर्नेछ । कम्पनीका अध्यक्ष अभय शर्मा हुन् । अतुल्य स्टिलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ, जसले भविष्यमा थप लगानी विस्तारको सम्भावना देखाउँछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै