
सन् २०२४ मा ८.२४ प्रतिशत नाफा, चामल उत्पादनमा अग्रणी भूमिका।
काठमाडौँ । सन्तोष एण्ड शितल खाद्य उद्योगले सन् २०२४ मा १ अर्ब ६६ करोड ७० लाख रुपैयाँको कारोबार गर्दै एकै वर्षमा साढे १ अर्बभन्दा बढीको व्यापार गरेको छ।
सन् २०२३ को जुलाईबाट सञ्चालनमा आएको यस कम्पनीले त्यस वर्ष १९ करोड ३० लाख रुपैयाँको व्यापार मात्रै गरेको थियो। धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको यो उद्योगले सन् २०२४ मा ८.२४ प्रतिशत नाफा कमाएको छ।
प्रतिघण्टा ८ मेट्रिक टन चामल उत्पादन क्षमता रहेको यो उद्योगले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७६ करोड ३८ लाख रुपैयाँको रेटिङ गराएको छ। जसमध्ये, दीर्घकालीन कर्जाका लागि २१ करोड १५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५५ करोड २३ लाख रुपैयाँको रेटिङ गरिएको छ।
कम्पनीले विशेषगरी आन्तरिक बजारबाटै कच्चा पदार्थ अर्थात् धान खरिद गरी चामल उत्पादन गर्दै आएको छ। कम्पनीका निर्देशक शिभपुजन कल्वार हुन्, जससँग यस क्षेत्रमा ३१ वर्षको अनुभव छ।