विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उपकार्यकारी निर्देशकमा बढुवा सिफारिस

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस भएका छन् । प्राधिकरणको पदपूर्ति समितिले आइतबार उनीहरुलाई कार्यक्षमता मुल्यांकनको आधारमा उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा प्राविधिकतर्फबाट अनिल मान श्रेष्ठ, किरण कुमार श्रेष्ठ र नवराज ओझा रहेका छन् । त्यस्तै प्रशासनतर्फबाट बेल प्रसाद शर्मा बढुवा सिफारिस भएका छन् ।

अब बढुवा सिफारिसमा नपर्ने उम्मेदवारहरुले १५ दिन भित्र पुनरावलोकन समिति समक्ष निवेदन दिन सक्ने छन् । कुनै निवेदन नपरेमा उनीहरु स्वत बढुवा हुने छन् ।

प्राधिकरणमा उप कार्यकारी निर्देशक १२ औ तहको पद हो । उप कार्यकारी निर्देशकभन्दा माथि कार्यकारी निर्देशक रहन्छन्, जसको नियुक्ति नेपाल सरकारबाट हुन्छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै