चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवाखोला जलविद्युत् आयोजना र सेती खोला जलविद्युत् आयोजनलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिएका छन् ।

२१ मेगावाट जडित क्षमताको सुतिखोला जलविद्युत आयोजना नीलगंगा हाइड्रोपावर कम्पनीले बनाउन लागेको हो । यो कम्पनीले मनाङको थोचेका आयोजना निर्माण गर्न खोजेको छ ।

तामाकोशी पाँचौँको जडित क्षमता ९९.८० मेगावाट छ । यो आयोजना तामाकोशी हाइड्रोपावर कम्पनीले बनाउन लागेको हो । यो आयोजना दोलखाको लामाबगर, ओराङ, बुलुङ, लादुक र गौरीशंकर क्षेत्रमा बन्दै छ ।

सेती खोला जदविद्युत आयोजना भने सेतीखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको हो । उसले कास्कीमा २२ मेगावाटको आयोजना बनाउन लागेको छ । माथिल्लो संखुवाखोला जलविद्युत् आयोजना चाहीँ ह्याप्पी इनर्जी प्रालीले बनाउन लागेको हो । ४० मेगावाट जडित क्षमताको यो आयोजना संखुवासभाको बाला र ताम्कु क्षेत्रमा निर्माण हुने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै