१०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको व्यापारिक उत्पादन सुरु

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लामा निर्माण गरेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (Power Purchase Agreement – PPA) बमोजिम आयोजनाको व्यापारिक उत्पादन शुरु मिति (Commercial Operation Date – COD) कायम भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, नेपाल विद्युत प्राधिकरण र कम्पनीका पदाधिकारी सम्मिलित समन्वय समिति (Coordination Committee) को २०८२ असोज २९ गते (October 16, 2025) अपरान्ह ५:३० बजेको निर्णयानुसार आयोजनाको व्यापारिक उत्पादन शुरु मिति (COD) २०८२ साल असोज २० गते (October 6, 2025) मध्यान्ह १२:०० बजेदेखि लागू हुने गरी कायम गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै