इप्पानले भन्यो- जलविद्युतको निःशुल्क शेयर मागेर आतंकित पारिँदैछ, प्रधानमन्त्रीले जिम्मा लिने कि नलिने ?

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत आयोजनाहरूमा निःशुल्क शेयर माग गर्ने क्रम बढेको जानकारी गराएका छन् । बुधबार इप्पानको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्ष कार्कीले भने, ‘थुप्रै आयोजनामा निःशुल्क शेयर माग्न थालिएको छ । आयोजनामा तोडफोड हुन थालेको छ । यसको जिम्मा प्रधानमन्त्रीले लिने कि नलिने ?’

भोटेकोशीको घटनापछि यस्तो अराजकता बढेको समेत उनले गुनासो गरे । साथै, ऊर्जा उत्पादकहरूको समस्या धितोपत्र बोर्ड (सेबोन) ले नसुनेको र आईपीओ ल्याउन नपाउँदा आयोजनाहरू समस्यामा परेको गुनासो समेत उनले गरे ।

उनले थपे, ‘हामी अदालतदेखि अख्तियारसम्म जानुपर्ने स्थिति आएको छ । आन्दोलन समेत गर्नुपरे गर्नेछौँ ।’

यो पनि…

इप्पानको चेतावनी : २८ महिनादेखि रोकिएको आईपीओ र हकप्रद शेयर तत्काल जारी नगरे कडा आन्दोलन

धितोपत्र बोर्डका अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ: उपमहासचिव दुलाल

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै