९०० मेगावाटको अरुण-३ को बिजुली उत्तर प्रदेशमा बेच्ने सम्झौता

काठमाडौँ । भारतको सरकारी कम्पनी एसजेभिएन लिमिटेडले नेपालमा निर्माण गरिरहेको ९०० मेगावाटको अरुण-३ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भारतको उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड (यूपीपीसीएल) लाई बिक्री गर्ने सम्झौता गरेको छ । यो सम्झौता हिजो मंगलबार (जुलाई १, २०२५) मा सम्पन्न भएको हो।

एसजेभिएनको नयाँ दिल्लीस्थित सम्पर्क कार्यालयमा सम्पन्न सम्झौतामा एसजेभिएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक (अतिरिक्त प्रभार) भूपेन्द्र गुप्ता र परियोजना निर्देशक सुशील शर्माको उपस्थिति थियो।

यस अवसरमा भूपेन्द्र गुप्ताले यो सम्झौता स्वच्छ ऊर्जा परिवर्तन र शहरी उपभोक्ताहरूका लागि विद्युत पूर्वाधार सुदृढीकरणमा एसजेभिएनको प्रतिबद्धतालाई मूर्त रूप दिने महत्त्वपूर्ण कदम भएको बताए।

९०० मेगावाटको अरुण-३ जलविद्युत आयोजना नेपालको संखुवासभा जिल्लामा एसजेभिएनको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एसजेभिएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. (एसएपीडीसी) मार्फत निर्माण भइरहेको छ। यो आयोजना आर्थिक वर्ष २०२७-२८ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ। यो सम्झौताले नेपालको जलविद्युत निर्यातमा अर्को महत्त्वपूर्ण खुड्किलो थपेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै