मलेखुदेखि धादिङ सबस्टेशनसम्म निर्माण भएको प्रसारणलाइन चार्ज हुँदै, नजिक नजान आग्रह

काठमाडाैँ ।  नेपाल विद्युत प्राधिकरणको धादिङ वितरण केन्द्रले मलेखु सब-स्टेशनदेखि धादिङ सब-स्टेशनसम्म निर्माण भएको ३३ के.भी. डबल सर्किट लाइन चार्ज गर्ने भएको छ । केन्द्रले असार १९ गतेदेखि सो ३३ के.भी. डबल सर्किट लाइनको टेष्टिङ्ग तथा चार्जिङ्ग कार्य गर्न लागेको हो ।

त्यस क्षेत्रमा निर्माण भएको लाईनको पोल, तार र स्टे आदिमा नजिक नजान तथा नछुन केन्द्रले आग्रह गरेको छ। यस सूचनालाई अटेर गरी लापरवाहीको कारण कुनै पनि विद्युतिय दुर्घटना हुन गएमा ने. वि. प्रा, धादिङ वितरण केन्द्र जवाफदेही नहुने केन्द्रले प्रष्ट पारेको छ ।

साथै विद्युत प्रसारणको क्रममा कुनै पनि स्थानमा तार चुडेको, स्पार्क भएको वा कुनै कैफियत देखिएमा तत्काल कार्यालको फोन नम्बर ०१०-५२०२५२, ०१० ५२१०६३, ०५०-५२०१३२, ९८५११०५१३२ (कार्यालय प्रमुख वा नजिकको प्रहरी कार्यालयमा जानकारी गरिदिन केन्द्रले आग्रह गरेको छ ।

सो प्रसारण लाइन मलेखु सब-स्टेशन देखि खानीगाउँ, ईजु हटियाँ, कुम्पुर भञ्ज्याङ, बाघबच्छला, चाँपखोला, मर्स्याङछाप, डम्बरडाँडा, ससाहा, धादिङ पुच्छार बजार हुँदै धादिङ सब-स्टेशनसम्म पुग्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै