इप्पानको साधारणसभा असार ३१ गते, सदस्यता नवीकरणको म्याद असार २७ सम्म

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले आफ्नो साधारणसभा आगामी असार ३१ गते काठमाडौँको होटल याक एण्ड यतिमा बोलाएको छ।

साधारणसभाका मुख्य एजेन्डाहरूः सभाले निम्न विषयहरूमा छलफल तथा अनुमोदन गर्नेछ:-

-आर्थिक वर्ष २०८०/८१ को लागि कार्यसमितिको तर्फबाट अध्यक्षको प्रतिवेदन।

-आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन।

-आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण।

-२३औँ वार्षिक साधारणसभाको माइनुटमा हस्ताक्षर गर्नका लागि सभामा उपस्थित सम्पूर्ण सदस्यहरूमध्येबाट एक
सदस्यको चयन।

-त्यसैगरी, सभाले इप्पान आर्थिक कार्यविधि, २०८१ र इप्पान नीति अनुसन्धान कोष सञ्चालन कार्यविधि, २०८१ अनुमोदन गर्नेछ।

सदस्यता नवीकरण अनिवार्य

साधारणसभामा भाग लिनका लागि इप्पानले सदस्यहरूलाई असार २७ गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्न आग्रह गरेको छ। तोकिएको समयभित्र नवीकरण नगरेका सदस्यहरूले सभामा भाग लिन पाउने छैनन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै