
काठमाडाैँ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सञ्चालक समिति सदस्यमा विज्ञको रुपमा सन्तोष कोइराला मनोनित भएका छन् ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार उनलाई दुई वर्षको लागि विज्ञ (बैंकर) को रुपमा मनोनित गरिएको हो ।
कोइराला नेपाल बैंकर्स एशोसियनका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन् । उनले बुधबार मनोनयनको पत्र बुझेका छन्। केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले उनलाई पत्र हस्तान्तरण गरेका हुन् ।
कोइरालाको रणनीतिक योगदानले राष्ट्रिय महत्वका योजनाहरूमा नयाँ ऊर्जा भर्ने विश्वास लिएको छ ।