काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २६६ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो ।
अधिकृतस्तरका सहनिर्देशक, इन्जिनियरदेखि वातावरणविदसम्मका पदमा १३२ जना कर्मचारी माग गरेको छ। जसमा सबैभन्दा धेरै इन्जिनियर माग गरिएको छ। त्यस्तै सहायकस्तरमा मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा विज्ञापन खुलेको छ ।
प्राधिकरणका अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले माघ १० गतेभित्र अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।
