सानिमा बैंकद्वारा विभिन्न तहका लागि कर्मचारी माग

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो प्रधान कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले सिनियर अफिसरदेखि सुपरभाइजरसम्मका पदमा योग्य उम्मेदवारहरूका लागि आवेदन खुला गरेको हो।

आवश्यक योग्यता र अनुभव:

-सुपरभाइजर (Supervisor):

मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि सङ्कायमा स्नातक तह उत्तीर्ण।

सेमी-क्वालिफाइड सीए (CA) वा एसीसीए (ACCA) उत्तीर्ण।

बैंकिङ लेखापरीक्षणमा कम्तीमा एक वर्षको अनुभव।

-सहायक अधिकृत (Assistant Officer):

सीए तह उत्तीर्ण।

बैंकिङ लेखापरीक्षणमा कम्तीमा दुई वर्षको अनुभव।

-अधिकृत (Officer):

सीए तह उत्तीर्ण।

बैंकिङ लेखापरीक्षणमा कम्तीमा तीन वर्षको अनुभव।

-वरिष्ठ अधिकृत (Senior Officer):

मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण।

सीए तह उत्तीर्ण।

बैंकिङ लेखापरीक्षणमा कम्तीमा चार वर्षको अनुभव ।

इच्छुक व्यक्तिहरूले साउन २८ गते (अगस्ट १३, २०२५) सम्म आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै