नीलकमलले पठायो सबैभन्दा बढी कामदार: जेठमा ३३ हजार बढी श्रमिक विदेशिए

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ महिनामा काठमाडौंको सिनामंगलस्थित नीलकमल ह्युमन रिसोर्स प्रालि संस्थागत श्रम स्वीकृति लिएर सबैभन्दा धेरै कामदार विदेश पठाउने म्यानपावर कम्पनी बनेको छ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार नीलकमलले जेठमा १ हजार ९ जना नेपाली कामदार वैदेशिक रोजगारीमा पठाएको छ ।

गत जेठमा संस्थागत रूपमा श्रम स्वीकृति लिएर विभिन्न म्यानपावर कम्पनीहरूमार्फत ३३ हजारभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । यसमध्ये झन्डै १०० वटा म्यानपावर कम्पनीले १०० जना वा सोभन्दा बढी कामदार पठाएका छन् ।

शीर्ष १० कामदार पठाउने कम्पनीहरू:

नीलकमलपछि दोस्रो स्थानमा प्याराडाइज इन्टरनेशनल प्रालि रहेको छ, जसले ९३८ जना कामदार पठाएको छ। तेस्रोमा एसओएस म्यानपावर सर्भिस प्रालि ले ६५१ जना कामदार पठाउन सफल भएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठमा सबैभन्दा धेरै कामदार पठाउने उत्कृष्ट १० म्यानपावर कम्पनीहरू निम्न रहेका छन्:

१. नीलकमल ह्युमन रिसोर्स प्रालि: १,००९ जना
२. प्याराडाइज इन्टरनेशनल प्रालि: ९३८ जना
३. एसओएस म्यानपावर सर्भिस प्रालि: ६५१ जना
४. भिजन एण्ड भ्यालु ओभरसिज प्रालि: ४४१ जना
५. लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रालि: ३५८ जना
६. द रिभर ओभरसिज प्रालि: ३५० जना
७. मोन्टेज ओभरसिज प्रालि: २८८ जना
८. गोल्डेन गेटवे इन्टरनेशनल प्रालि: २६८ जना
9. ग्रेस ओभरसिज प्रालि: २६६ जना
१०. इन्टरपिड रिक्रुटमेन्ट सर्भिसेज प्रालि: २५८ जना

यसका साथै, जेठमा २०० जनाभन्दा बढी कामदार पठाउने कम्पनीहरूमा साउन्डलाइन्स रिक्रुटमेन्ट प्रालि, मास ह्युमन रिसोर्स प्रालि, ब्लु स्काइ इन्टरनेशनल प्रालि, स्काइवेज ब्युरो सर्भिसेज प्रालि, रोयल इन्टरनेशनल ओभरसिज प्रालि, एयर किंग्स प्लेसमेन्ट प्रालि, लुलु इन्टरनेशनल प्रालि, शिखर इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रालि र लगइन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रालि रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै