
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न ८ वटा पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले एक सूचना प्रकाशित गर्दै इच्छुक उम्मेदवारहरूलाई आवेदनका लागि आह्वान गरेको हो।
बैंकले माग गरेका केही प्रमुख पदहरूमा ब्रान्च म्यानेजर, लीगल अफिसर, चार्टर्ड एकाउण्टेन्ट, रिलेशनशिप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, र सफ्टवेयर डेभलपमेन्ट लगायतका पदहरू रहेका छन्।
यी पदहरूका लागि आवेदन दिन इच्छुक उम्मेदवारहरूले आफ्ना आवश्यक कागजातहरू संकलन गरी आगामी असार ८ गते (जुन २२, २०२५) भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ। आवेदन प्रक्रिया र थप जानकारीका लागि बैंकको आधिकारिक वेबसाइट वा सम्बन्धित सूचना हेर्नुहोस्।