
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जले एक सय जना नर्सका लागि रोजगारीको अवसर खुला गरेको छ । अस्पतालले करार सेवामा नर्स मागेको हो ।
नर्सिङ विषयमा प्रमाण पत्र तह वा बीएससी नर्सिङ उत्तीर्ण गरेका योग्य उम्मेदवारले आगामी जेठ २५ देखि असार १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
आवेदन दिनका लागि पुरुषको हकमा ४० वर्ष र महिला उम्मेदवारको लागि ४५ वर्ष तोकिएको छ ।