नेपाल प्रहरीले मंसीरमा गर्‍यो ४० करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ ।  नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मंसीर महिनामा विभिन्न कानुनी कारबाही र कार्यान्वयनका क्रममा कुल रु ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार अवैध मालसामान बरामदबाट रु १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट रु १२ करोड ३७ लाख ३६ हजार र ट्राफिक कारबाहीबाट रु सात करोड १५ लाख ९३ हजार राजस्व सङ्कलन गरिएको छ। यस्तै अवैध सुन तथा चाँदी बरामदबाट रु ८९ लाख ४५ हजार ३९३ प्राप्त भएको छ।

यसका साथै, हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूबाट रु ६४ लाख ४३ हजार, स्रोत नखुलेको रकम रु ८५ लाख नौ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन गर्नेहरूबाट रु २७ लाख ६४ हजार, अवैध काठ बरामदबाट रु दुई लाख ८७ हजार तथा अवैध पशुपंक्षी कारोबारबाट रु सात लाख दुई हजार राजस्व सङ्कलन गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै