आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व संकलन लक्ष्यभन्दा बढी

देवदह (रूपन्देही) । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले उक्त अवधिमा रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् रु ६ अर्ब ५० करोड ३२ लाख सात हजार संकलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए।

उनका अनुसार राजस्वमा अन्त:शुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै