ओखलढुङ्गा यातायात कार्यालयबाट ३ करोड ६९ लाख राजस्व सङ्कलन

ओखलढुङ्गा । ओखलढुङ्गाको रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि असार दोस्रो हप्तासम्म ३ करोड ६९ लाख २४ हजार ५०९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालय प्रमुख गोविन्द आचार्यका अनुसार सवारी साधन करबाट सबैभन्दा बढी आम्दानी भएको छ।

राजस्व सङ्कलनका मुख्य शीर्षकहरू

सवारी साधन कर: २ करोड ९१ लाख ५० हजार ३७४ रुपैयाँ

सवारी इजाजत र सवारी चालक अनुमतिपत्र दस्तुर: ६० लाख ८६ हजार १६० रुपैयाँ

यातायात क्षेत्रको आम्दानी: ४ लाख २० हजार ४६५ रुपैयाँ

व्यवसाय रजिष्टर दस्तुर: ५१ हजार ८५० रुपैयाँ

आयकर: १२ लाख १५ हजार ६६० रुपैयाँ

यस अवधिमा कार्यालयमा ३१० वटा सवारी साधन दर्ता भएका छन्, जसमध्ये १९ वटा सार्वजनिक, २७५ वटा निजी र १६ वटा सरकारी सवारी साधन रहेका छन्।

हर्कपुर सम्पर्क कार्यालयबाट २२ लाखभन्दा बढी राजस्व सङ्कलन

यसैबीच, मानेभञ्ज्याङ गाउँपालिका–७, हर्कपुरमा गत चैत महिनामा स्थापना भएको यातायात व्यवस्था कार्यालयको सम्पर्क कार्यालयले तीन महिनाको अवधिमा २२ लाख ४५ हजार ७८० रुपैयाँ  राजस्व सङ्कलन गरेको छ। सम्पर्क कार्यालय हर्कपुरका प्रमुख कपिलमनी दाहालका अनुसार यहाँ पनि सबैभन्दा बढी राजस्व सवारी साधन करबाट सङ्कलन भएको छ।

सवारी साधन कर: १८ लाख ४६ हजार ७९० रुपैयाँ

ब्लुबुक नवीकरण: १ लाख १० हजार ५० रुपैयाँ

पटके राजस्व: १ लाख ७२ हजार ६९० रुपैयाँ

रुट परमिट: २२ हजार ६५० रुपैयाँ

आयकर: ९३ हजार ६०० रुपैयाँ

सम्पर्क कार्यालय हर्कपुरले पटके सेवा, ब्लुबुक नवीकरण, जाँचपास र रुट परमिटको सेवा प्रवाह गर्दै आएको छ । यस कार्यालयको स्थापनापछि ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिन्धुली र रामेछापका मध्यपहाडी र सिद्धिचरण लोकमार्गमा गुड्ने सवारी साधनका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ ।

रुम्जाटारमा रहेको मुख्य कार्यालयले भने सवारी दर्ता, नवीकरण, चालक अनुमतिपत्र लगायतका सबै सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै