
काठमाडौँ । प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बाबजुत आर्थिक वर्ष २०८२र८३ को बजेट संसदबा बहुमतले पारित भएको छ।
नदी प्रवाहमा आधारित (रन अफ द रिभर‑आरओआर) जलविद्युत आयोजनासँग ‘टेक एन्ड पे’ अवधारणा अनुरूप विद्युत खरिद सम्झौता (पीपीए) गर्ने विषय संशोधन गरी मंगलबारको संसद बैठकबाट बजेट पारित भएको हो ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट पेश गरेका थियो । बजेटमा ‘टेक एन्ड पे’को व्यवस्था गरेपछि सत्ता समीकरणमा ठूलो हलचल मच्चिएको थियो ।
सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर ‘टेक एन्ड पे’ हटाउन निर्देशन दिएका थिए । सत्ता साझेदार दलका सभापतिले बजेट पास नहुने चेतावनी दिएपछि सोमबार साँझ कांग्रेस र एमालेबीच ‘टेक एन्ड पे’ हटाउने सहमति भएको थियो ।