गण्डकी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल सुरु

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमाथि आज (बुधबार) देखि प्रदेशसभामा छलफल सुरु हुँदैछ ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरका अनुसार, विनियोजन विधेयक र बजेटमाथि मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्नेछ ।

बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल हुनेछ भने असार १३ गतेको बैठकमा निर्णयार्थ पेस गरिनेछ ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले गत आइतबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै