
काठमाडौँ । नेपालको सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक बजेट सार्वजनिक गर्दै छन् । संविधान अनुसार प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले आफ्नो बजेट पेस गर्नुपर्ने व्यवस्था छ ।
यसअघि संघीय सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरिसकेको छ भने स्थानीय तहहरूले असार १० गते बजेट पेस गर्नेछन् । केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
प्रदेशगत बजेट विवरण (पूर्वानुमान अनुसार)
🔹 कोशी प्रदेश — ३५ देखि ४० अर्ब रुपैयाँ हाराहारीको बजेट पेस गर्ने तयारी
🔹 मधेश प्रदेश — ४५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी
🔹 बागमती प्रदेश — दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट पेस गरिने
🔹 गण्डकी प्रदेश — ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी
🔹 लुम्बिनी प्रदेश — चालु वर्षको ३९ अर्बभन्दा केही कम बजेट ल्याउने सम्भावना
🔹 कर्णाली प्रदेश — ३१ अर्ब रुपैयाँ सेरोफेरोमा बजेट प्रस्ताव गर्ने
🔹 सुदूरपश्चिम प्रदेश — चालु आर्थिक वर्षकै जस्तो ३१ अर्ब हाराहारीको बजेट ल्याउने तयारी
चालू आवका लागि कुन प्रदेशकाे कति थियाे बजेट ?
🔹कोशी प्रदेश — ३६ अर्ब २४ करोड ३५ लाख
🔹मधेश प्रदेश — ४४ अर्ब ११ करोड
🔹 बागमती प्रदेश — ६२ अर्ब ७० करोड
🔹 गण्डकी प्रदेश — ३३ अर्ब ४२ करोड ७२ लाख
🔹 लुम्बिनी प्रदेश — ४० अर्ब ४७ करोड ९७ लाख
🔹 कर्णाली प्रदेश — ३३१ अर्ब ४१ करोड
🔹 सुदूरपश्चिम प्रदेश — २९ अर्ब २६ करोड ५९ लाख
सन्तुलित बजेटका लागि चुनौती
प्रत्येक प्रदेशमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, कृषि र रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। तर, विगतका वर्षमा बजेट कार्यान्वयन कमजोर, परियोजनाको दोहोरोपन, र राजस्व संकलनको अपुग जस्ता समस्याले बजेटको प्रभावकारितामा प्रश्न उठाउने गरेका छन् ।