दसैँपछि बढ्यो अलैँचीको मूल्य: ताप्लेजुङमा प्रतिमन ८८ हजार, गुणस्तरीयको ९५ हजार नाघ्यो

डेढ सातामा ८ हजारले वृद्धि, असोजमा ८० हजारसम्म झरेको थियो

ताप्लेजुङ । ताप्लेजुङको बजारमा दसैँ सकिएपछि अलैँचीको मूल्य निरन्तर बढ्न थालेको छ । पछिल्लो डेढ साताको अवधिमा प्रतिमन ९४० किलोग्राम० ८ हजार रुपियाँले वृद्धि भई ८८ हजार रुपियाँ पुगेको हो ।

स्थानीय व्यवसायीका अनुसार दसैँअघिसम्म प्रतिमन ८० हजार रुपियाँमा कारोबार हुँदै आएको अलैँचीको मूल्य आइतबार ८८ हजार रुपियाँ पुगेको हो। सदरमुकाम फुङलिङ बजारमा चलनचल्तीको अलैँची आइतबार सोही मूल्यमा धमाधम कारोबार भइरहेको स्थानीय व्यवसायी कमल बरालले जानकारी दिए ।

व्यवसायी बरालका अनुसार पछिल्लो डेढ सातायता अलैँचीको मूल्य दैनिक एक हजार र दुई हजार रुपियाँका दरले वृद्धि हुँदै आएको छ । यद्यपि, गुणस्तरीय अर्थात् ठूलो दाना भएको अलैँचीको मूल्य भने प्रतिमन ९५ हजार रुपियाँभन्दा बढीमा कारोबार भइरहेको उनले बताए ।

मूल्यको उतारचढावः

फुङलिङ बजारका अलैँची व्यवसायी तथा अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवी रेग्मीका अनुसार यो वर्ष अलैँचीको मूल्यमा उतारचढाव देखिएको छः

भदौ (सुरुआती उत्पादन)ः अलैँचीको नयाँ उत्पादन बजारमा आउँदा सुरुमा प्रतिमन ८८ हजार रुपियाँसम्म कारोबार भएको थियो।

असोज (दसैँअघि)ः असोज लागेपछि क्रमशः मूल्य घट्दै गएर दसैँअघिसम्म प्रतिमन ८० हजार रुपियाँमा झरेको थियो।

दसैँपछि (हाल)ः दसैँ सकिएपछि मूल्य पुनः बढ्ने क्रम सुरु भई अहिले प्रतिमन ८८ हजार रुपियाँ पुगेको छ।

मूल्यमा आएको यो वृद्धिले अलैँची किसानहरूमा उत्साह थपेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै