जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ, के हो अभियोग ?

काठमाडौँ । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार अपरान्ह पक्राउ गरेको हो । आजै बयान पनि लिएर उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।

शंकर अग्रवाल नेपालको एउटा प्रमुख व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्। शंकर अग्रवालले पछिल्लो समय छोराहरू साहिल र सुलभसहित व्यवसायी दीपक भट्टसँग साझेदारीमा अफ्नो व्यवसाय विस्तार गर्दै आइरहेका थिए ।

अग्रवाललाई बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी भट्टसँग जोडिएको मुद्दामा छानविन गर्न पक्राउ गरिएको बुझिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

भट्टसहित उनका साझेदारहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ अर्ब बढीको विगोसहित मुद्दा चलाउने तयारी गरेको छ। बालेन सरकार बनेको एक सातामा भट्टपछि पक्राउ परेका अग्रवाल दोस्रो व्यवसायी हुन् ।

यसअघि कार्की आयोगको प्रतिवेदनले दिएको सिफारिस अनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

त्यस्तै पक्राउ परेका अर्का नेता पूर्वउर्जामन्त्री दीपक खड्कामाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै