सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादनमा सामान्य वृद्धि

धनगढी । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन (GDP) मा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा सामान्य वृद्धि भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको कुल गार्हस्थ उत्पादन ४ खर्ब ६ अर्ब ७५ करोड रुपियाँ रहेकोमा चालु आवमा बढेर ४ खर्ब २९ अर्ब ६२ करोड रुपियाँ पुगेको छ। यसले प्रदेशको अर्थतन्त्रमा झिनो सुधार आएको देखाउँछ। चालु आवमा प्रदेशको कुल गार्हस्थ उत्पादन राष्ट्रिय कुल गार्हस्थ उत्पादनको ७.०३ प्रतिशत रहेको छ।

प्रदेशको आर्थिक सर्वेक्षणअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ उत्पादनमा विभिन्न क्षेत्रको योगदान यस प्रकार छ:

-प्राथमिक क्षेत्र: ३४.९५ प्रतिशत
-द्वितीय क्षेत्र: १२.३० प्रतिशत
-तृतीय क्षेत्र: ५२.७५ प्रतिशत

गत आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक क्षेत्रको योगदान ३३.८९ प्रतिशत, द्वितीय क्षेत्रको १२.४१ प्रतिशत र तृतीय क्षेत्रको ५३.७० प्रतिशत रहेको थियो। चालु आवमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको वृद्धिदर क्रमशः २.७८, २.०४ र २.८९ प्रतिशत रहने अनुमान गरिएको छ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाका अनुसार, प्रदेशको यो सामान्य वृद्धि सकारात्मक मानिएको छ। चालु आवमा प्रदेशको आर्थिक वृद्धिदर ३.३२ प्रतिशत रहने अनुमान छ, जुन गत आव २०८०/८१ को ३.२८ प्रतिशतभन्दा झिनो बढी हो। यसैगरी, प्रदेशको प्रतिव्यक्ति आय २.७६ प्रतिशतले वृद्धि भई १ हजार १५३ अमेरिकी डलर पुगेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै