मंगलबार दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

अर्थ समितिको बैठक कक्ष बस्ने बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल, गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै