नेपाली बैंक खाता प्रयोग गरेर क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । नेपालमा प्रतिबन्धित क्रिप्टो कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ परेका छन् । १७ करोड ७९ लाख ७० हजार ३७१ बराबरको कारोबार गरेका झोऊ यी फेङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि ‍प्रहरीले काठमाडाैं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ ।

नेपाली नागरिकलाई समेत प्रलोभनमा पारेर कारोबारको लागि नेपाली बैंक खाता समेत प्रयोग गरेको पाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै