न्यायको पर्खाइमा ‘मरेर बाँचेका’ चेलीहरू: अपराधीलाई फाँसीको माग

काठमाडौँ । आफ्नै जन्मदिने बाबु र समाजका ‘रक्षक’ भनिएकाहरूबाटै बलात्कृत चेलीहरूको चित्कारले यतिबेला नेपाली समाजलाई स्तब्ध बनाएको छ । सुरजसिंह ठकुरीको कार्यक्रम ‘इनसाइड दि बंकर’ मार्फत सार्वजनिक भएका पीडितका भोगाइले राज्यको न्याय प्रणाली र राजनीतिक संरक्षणको कुरूप अनुहार उदाङ्गो पारेको छ ।

घटना १: छाउपडीदेखि तीन तलाको भवनसम्म (पुष्पाको कथा)

सुदूरपश्चिमकी पुष्पा (नाम परिवर्तित) १४ वर्षको उमेरमा पहिलोपटक रजस्वला हुँदा छाउपडी गोठमा बसेकी थिइन् । त्यहीँबाट उनलाई अपहरण गरी चार जनाले सामूहिक बलात्कार गरे । प्रमाण मेटाउन उनलाई तीन तले भवनबाट खसालियो र पुनः जङ्गलमा लगेर रगताम्य अवस्थामै पासविक व्यवहार गरियो ।

न्यायको तगारो: राजनीति

पुष्पाका अनुसार उनका अपराधीहरूलाई ठूला राजनीतिक दल (कांग्रेस, एमाले र माओवादी) का नेताहरूले संरक्षण गरे । “न्याय पैसा र पावरमा बिक्दो रहेछ,” उनी भन्छिन् । हाल राजनीतिशास्त्र अध्ययन गरिरहेकी उनी संसद्‌मा पुगेर आफैँ कानुन बनाउने अठोटमा छिन् ।

घटना २: बाबु होइन ‘दानव’ (मिराको कथा)

मिरा (नाम परिवर्तित) ६ वर्षको उमेरदेखि आफ्नै बाबुबाट बलात्कृत भइन् । पाइलट बन्ने सपना बोकेकी उनलाई आफ्नै बाबुले होटलमा लगेर पराई पुरुषसँग सुत्न बाध्य पारे । “बाबुले अर्को बेडमा बसेर ‘यसरी होइन, यसरी गर’ भन्दै सिकाउनुभयो,” उनको यो बयानले जोकोहीको आङ सिरिङ्ग हुन्छ । बाबुले उनलाई मात्र होइन, आमालाई पनि पैसाका लागि अरूसँग सुताउने गरेको खुलासा भएको छ ।

२०० भन्दा बढी पुरुषबाट बलात्कृत भएकी मिराले १४ पटक आत्महत्याको प्रयास गरिन् । हाल उनी मनोविज्ञान पढ्दै छिन् र भविष्यमा अन्य पीडितको घाउमा मलम लगाउने लक्ष्य राखेकी छिन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै