काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेल पक्राउ परेका छन् ।
उनलाई निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार कट्टेललाई बुधबार कीर्तिपुरबाट पक्राउ गरिएको हो ।
उनलाई थप कारबाहीका लागि काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ । निर्वाचन बिथोल्ने गतिविधि गरेकै आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला पनि पक्राउ परेका छन् ।
उनलाई मंगलबार नै पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए । बहुमतका महासचिवसँगै काभ्रे इन्चार्ज विष्णुप्रसाद तिमल्सिना र अर्का नेता एसपी शाहलाई पक्राउ गरिएको छ । उनीहरू सबैलाई थप कारबाहीका लागि परिसर पठाइएको छ ।