पारिवारिक कलहको विभत्स रूप: भक्तपुरमा छोराको प्रहारबाट आमाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा एक युवकले आफ्नै आमाको विभत्स हत्या गरेका छन् । मध्यपुर थिमि नगरपालिका-३, तेर्सेटारमा डेरा गरी बस्ने २७ वर्षीय प्रविण भण्डारीले ५० वर्षीया आमा सरिता भण्डारीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार धनुषाको मिथिला नगरपालिका–११ घर भएका उनीहरू तेर्सेटारमा डेरा गरी बस्दै आएका थिए । शुक्रबार राति प्रविणले आमामाथि धारिलो हतियार प्रहार गरेका थिए ।

छोराको आक्रमणबाट गम्भीर घाइते भएकी सरितालाई तत्काल उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमामाथि आक्रमण गरेपछि प्रविणले आफ्नै टाउकोमा समेत धारिलो हतियार प्रहार गरी आफूलाई घाइते बनाएका छन् । उनको अहिले प्रहरी निगरानीमा उपचार भइरहेको छ । घटनाको कारणबारे विस्तृत खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै