बुद्धनगरमा कार्यरत प्रहरी सहायक हवल्दार मृत फेला

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा नेपाल प्रहरीका एक सहायक हवल्दार मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ३० वर्षीय बलबहादुर थापामगर मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार उदयपुर घर भएका थापामगर काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै डेराको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनलाई सो अवस्थामा देखेपछि उनकी पत्नीले तत्काल उपचारका लागि बानेश्वरस्थित एभरेस्ट अस्पताल पुर्‍याएकी थिइन् ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको एसपी भट्टराईले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै