उदयपुरमा शंकास्पद अवस्थामा दुई शव फेला, बलात्कारपछि हत्या र आत्महत्याको आशंका

कटारी । उदयपुरको चौदण्डीगढी नगरपालिकामा एक १४ वर्षीया किशोरी र २८ वर्षीय युवकको शव दुई सय मिटरको दूरीमा शंकास्पद अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, चौदण्डीगढी नगरपालिका–४ अमलचौरीका २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीया किशोरी मञ्जु राईको शव बुधबार बिहान गाउँमै फेला परेको हो।

मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको थियो भने त्यसको दुई सय मिटर नजिकै रविनको शव झुन्डिएको अवस्थामा भेटिएको छ। घटनाको प्रकृति हेर्दा स्थानीयले युवकले किशोरीको बलात्कारपछि हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको आशंका व्यक्त गरेका छन्।

इलाका प्रहरी कार्यालय बेल्टारबाट इन्स्पेक्टर बबिन राईको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ। दुवै शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै