बूढानीलकण्ठमा एक भारतीय नागरिक र धादिङकी महिला मृत फेला

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठमा दुई जनाको शव फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको साढे दुईतले घरभित्र एक पुरुष र एक महिला मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीले दिएको जानकारीअनुसार, मृत भेटिनेहरूमा धादिङ बैरेनीकी अन्जना पाख्रिन र भारतीय नागरिक परम नारायण गिल रहेका छन्। अन्जना पाख्रिन धादिङको गल्छी गाउँपालिका–६ घर भई सोही घरमा काम गर्दै आएकी थिइन्। यस्तै, परम नारायण गिलले घरको पहिलो तलामा रहेको एउटा कोठा भाडामा लिएका थिए।

प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। दुवै शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै