अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा पुनः श्याममणि आचार्य

काठमाडौँ । नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा श्याममणि आचार्य दाहोरिएका छन् । शनिबार काठमाडौंमा भएको संघको २१औं साधारणसभा तथा १०औँ अधिवेशनबाट अचार्य दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।

आचार्यको नेतृत्वमा सर्वसम्मत रुपमा १५ सदस्यीय नयाँ कार्यसमितिमा चयन भएको हो । उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह–कोषाध्यक्षमा महेश जोशी चुनिएका छन्।

सदस्यहरूमा राम हरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्ण हरि गौतम, प्रदिप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया चयन भएका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै