मदिरा व्यवसायी संघको अध्यक्षमा पुनः पटेल निर्वाचित

वीरगन्ज । मदिरा व्यवसायी संघ पर्साको अध्यक्षमा पुनः चिनिलाल पटेल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार वीरगन्जमा सम्पन्न प्रथम बार्षिक साधारण सभाले पटेललाई नै पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

नौ सदस्य नयाँ निर्वाचित कार्य समितिको उपाध्यक्षमा संदिप कुमार गुप्ता र महासचिवमा पनि प्रदिप कुमार लोहार नै पुनः निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पर्सा बार ईकाइका अध्यक्ष समेत रहेका रामनारायण कुर्मीले बताए । त्यसै गरी सचिवमा रविन्द्र प्रताप साह, कोषाध्यक्षमा राकेश कुमार साह र सदस्यहरुमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाई, राम कुमार यादव र रंजित जयसवाल पनि पुनः निर्विरोध निर्वाचित भएको अर्का निर्वाचन अधिकृत जिष्णु बराल र संजय साहले पनि बताए । निर्वाचित सबै पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिले शनिबार नै शपथ ग्रहण गराई प्रमाण पत्र पनि प्रदान गरेको छ ।

वीरगन्जको होटल पुजनमा शनिबार भएको मदिरा व्यवसायीहरुको प्रथम बार्षिक साधारण सभाको उद्घाटन वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले गरेका थिए । नीजि क्षेत्रको साझा संगठन वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गौतमले सो क्रममा व्यक्तिगत रुपमामा सबैभन्दा बढि कर तिर्ने मदिरा व्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताए । संघको अभिन्न अंगका रुपमा रहेका मदिरा व्यवसायीहरुलाई राज्यले संकिर्ण तवरले हेर्ने गर्नु नहुने उनको सुझाव छ । मदिरा व्यवसायीहरुको उचित माग र समस्या प्रति आगामी दिनमा संघले सक्दो साथ दिने पनि उनको भनाइ छ ।

संघका अध्यक्ष चिनिलाल पटेलको अध्यक्षतामा भएको उद्घाटन शत्रमा नेपाल बार एकाई पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज, तुलसी भण्डारी, पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्कालगायतका बक्ताहरुले संघको संरक्षण, सम्बद्र्धन, बिकास तथा समुन्नतिमा साँगठनिक एकता र सामूहिक सहकार्यले मात्र सम्भव हुने कुरामा जोड दिए । हरेक व्यवसायमा विभन्न कठिनाई र कानूनी अड्चन आउने गर्छन् । त्यसलाई न्यूनिकरण गर्न पनि सामूहिक सहकार्य आवश्यक हुने हुँदा आगामी दिनमा मदिरा व्यवसायीहरु पनि अझ एकताबद्ध भए हिड्न पर्ने भन्दै उनीहरुले शुभकामना व्यक्त गरेका थिए । मदिरा व्यवसायी संघका उपाध्यक्ष सन्दीप गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संघका महासचिव प्रदिप लोहारले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष राकेश साहले आर्थिक वर्ष प्रतिवेदन पेश गरेका थिए ।

आर्थिक वर्ष २०८२÷८३ का लागि संघको नीति, कार्यक्रम सहित मदिरा व्यवसायी संघको बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संघको दर्ता नवीकरण सम्बन्धी निर्णय, नयाँ लेखापरीक्षक नियुक्ति, संघका विभिन्न समितिमा रिक्त पद पूर्ति, आवश्यक परे विधान संशोधन तथा संघको संगठनात्मक सुदृढीकरणका सवाल पनि साधारण सभामा उठेको सहभागीहरुले बताए ।

साथै मदिरा व्यवसायसँग सम्बन्धित समसामयिक समस्या, कर प्रणाली, प्रशासनिक झन्झट, व्यवसायीहरूको हकहित संरक्षण तथा बजार व्यवस्थापन सम्बन्धी विषयमा पनि बन्द शत्रमा छलफल भएको जनाइएको छ । कार्यक्रममा संघका सबै सदस्य तथा प्रतिनिधिहरुलाई सदस्यता प्रमाणपत्र पनि बितरण गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै