काठमाडौँ । २० लाख रुपैयाँ राशिको गोपाल कमाल राजभण्डारी रोटरी अवार्डका निम्ति आवेदन माग गरिएको छ । आफ्नो पेसागत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्ति, समूह वा संस्थालाई पुरस्कार गरिने जनाइएको छ ।
अवार्डका निम्ति रोटरी डिस्ट्रिक्ट कार्यालय, थापाथली रोटरी भवन र देशभरका १६३ क्लबबाट आवेदन फाराम प्राप्त गर्न र बुझाउन सकिने संस्थाले जनाएको छ ।
संस्थाको वेबसाइटमार्फत पनि आवेदन फाराम भर्न सकिनेछ । आवेदन फाराम भर्ने/बुझाउने अन्तिम म्याद यही माघ २२ गतेसम्म रहेको संस्थाले जनाएको छ ।
यो पुरस्कार आउँदो फागुन ७ देखि ९ गते (फेब्रुअरी १९ देखि २१)सम्म पोखरामा आयोजना हुने १८औँ डिस्ट्रिक्ट कन्फरेन्समा प्रदान गरिने संस्थाले जनाएको छ ।