नेपाल निर्माण व्यवसायी महासंघको साधारणभा स्थगित

काठमाडौँ ।  नेपाल निर्माण व्यवसायी महासंघको साधारणभा स्थगित भएको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू भइसकेको बताउँदै महासंघलाई साधारणसभा र निर्वाचन नगर्न भनेको हो ।

महासंघले माघ १५, १६ र १७ गते २६औँ साधारणसभा र निर्वाचन गर्ने तय गरेको थियो । यस अनुसार १५ गते उद्घाटन, १६ गते मनोनयन दर्ता र १७ गते मतदानको कार्यक्रम राखिएको थियो ।

तर आयोगले माघ ४ गतेबाटै निर्वाचन आचारसंहिता लागू भएको जनाउँदै सो मितिमा साधारणसभा नगर्न भनेको हो । यससँगै अब फागुन २१ भन्दा अगाडी महासंघको साधारणसभा र निर्वाचन नहुने पक्का भएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै