ग्लोबल आइएमई बैंकको ग्लोबल हाट बजार ५० औँ हप्तामा

काठमाडौँ । ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले माघ २ गते शुक्रबार ५० औँ ग्लोबल हाट बजार आयोजना गर्दैछ ।

सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको छ ।

५० औं संस्करण यो यात्रा आइपुगेकोमा यात्रा सुखद बनेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले बताए । यस कार्यक्रममा साथ दिनुहुने र सहभागी हुने सम्पूर्ण उद्यमीहरुलाई उनले धन्यबाद समेत दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै