जाजरकोटमा सञ्चय कोषको अन्तरक्रिया: डिजिटल सेवा र सञ्चयकर्ताको हितमा जोड

जाजरकोट । कर्मचारी सञ्चय कोषले जाजरकोटको छेडागाड नगरपालिकामा सञ्चयकर्ताहरूको हित र कोषका सेवा सुविधाहरुबारे बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कोषको सुर्खेत शाखा कार्यालय र सञ्चयकर्ता सेवा विभागको आयोजना तथा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा मनघाटमा कार्यक्रम भएको हो ।

डिजिटलाइजेसन र सेवा प्रवाह कार्यक्रममा कोषका वरिष्ठ प्रबन्धक राम प्रसाद लामिछानेले सञ्चयकर्ताका लागि सञ्चालित विभिन्न कल्याणकारी कार्यक्रमहरूको जानकारी प्रस्तुत गरे । यस्तै, सहायक प्रबन्धक दुर्गा प्रसाद नेपालले कोषका सेवा सुविधा र सहायक प्रबन्धक पवन दाहालले ‘केवाईसी’ तथा वेब इन्ट्री प्रक्रियाका प्राविधिक पक्षबारे प्रकाश पारेका थिए ।

शिक्षा समन्वय प्रमुख पदम बहादुर बिकले सरकारको ुडिजिटल एवं पेपरलेसु अवधारणालाई कोषले प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताए । उनले सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई प्रविधिको प्रयोगमा सहयोग गर्न आग्रह समेत गरे ।

स्थानीयको प्रशंसा र प्रतिबद्धता वडा नम्बर १२ का अध्यक्ष प्रेम बहादुर खत्रीले दुर्गम क्षेत्रमा आएर सञ्चय कोषले सचेतना फैलाएकोमा धन्यवाद व्यक्त गरे । कोषका उपप्रबन्धक राजेन्द्र विक्रम केसीले सञ्चयकर्ताको सुविधाका लागि कोष सदैव कटिबद्ध रहेको उल्लेख गर्दै विद्यालयहरूबाट डिजिटल प्रक्रियामा पूर्ण सहयोगको अपेक्षा राखे ।

सुर्खेत शाखाका कार्यालय प्रमुख मुकुन्द अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी १३८ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै