हिमालय रोडिज सिजन ७ का विजेता अनिश तामाङलाई पुरस्कार हस्तान्तरण: १० लाख नगद र यामाहा बाइक प्रदान

काठमाडौँ । नेपालको चर्चित एडभेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ सिजन-७ का विजेता अनिश तामाङलाई पुरस्कार हस्तान्तरण गरिएको छ । आज आयोजित एक विशेष समारोहका बीच उनलाई पुरस्कार प्रदान गर्दै यस सिजनको औपचारिक समापन गरिएको हो।

विजेताको परिचय र पुरस्कार:

झापाका २६ वर्षीय अनिश तामाङ नेपाली सेनामा कार्यरत हुनुहुन्छ। उनले सिजनभर देखाएको शारीरिक क्षमता, मानसिक दृढता र अनुशासनका कारण ‘हिमालय रोडिज सिजन ७: हेल्ल ओर हेएवेन’को उपाधि जित्न सफल भएका हुन्। विजेताका रूपमा अनिशले प्राप्त गरेका छन्:

नगद पुरस्कार: हिमालय टिभीको तर्फबाट रु. १० लाख।

मोटरसाइकल: टाइटल स्पोन्सर यामाहा नेपालको तर्फबाट ‘यामाहा FZ V3’।

पुरस्कार हस्तान्तरण समारोहमा यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले अनिशलाई बाइकको चाबी हस्तान्तरण गरे ।

सिजन ७ का विशेषताहरू:

१ सेप्टेम्बर २०२५ देखि सुरु भई १८ एपिसोडसम्म चलेको यस सिजनमा पोखराको साहसिक यात्रा र शोको इतिहासमै पहिलो पटक महिला फाइनलिस्ट पुगेका कारण यो सिजन विशेष चर्चामा रह्यो ।

सिजनमा अनूप विक्रम शाही, प्रियंका कार्की, आशिष राना (लाहुरे) र कविता नेपाली ग्याङ लिडरका रूपमा रहेका थिए भने अमन प्रताप अधिकारी र रेयमन दास श्रेष्ठले कार्यक्रमको होस्टिङ गरेका थिए ।

यामाहा र युवा सशक्तीकरण:

टाइटल स्पोन्सर यामाहा नेपालले हिमालय रोडिज जस्ता प्लेटफर्ममार्फत नेपाली युवाको साहस र सशक्तीकरणलाई निरन्तर समर्थन गर्दै आएको छ । यामाहाका सीईओ अग्रवालले युवाहरूलाई साहसी यात्रातर्फ प्रेरित गर्ने र उनीहरूको प्रतिभालाई सम्मान गर्ने यामाहाको उद्देश्य रहेको बताए ।

सिजन ७ को सफल समापनसँगै हिमालय रोडिजले नेपालको सबैभन्दा प्रभावशाली साहसिक रियालिटी शोको रूपमा आफ्नो स्थान पुनः प्रमाणित गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै