नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ ।

सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशब राज भुर्तेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनु हुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै