महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुसार आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

सोहीअन्तर्गत:

मार्तडी–बाजुरा शाखाद्वारा: बाजुरास्थित नवज्योति लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका तथा पढाइमा अब्बल विद्यार्थीहरूलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यका साथ एक कार्यक्रमका बीच स्कुल ब्याग वितरण गरिएको छ।

पाटन–बैतडी शाखाद्वारा: पाटन नगरपालिका–०१, मेल्चौरा, बैतडीस्थित नवज्योति सिद्धेश्वर माध्यमिक विद्यालयलाई शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ। ८०० विद्यार्थी र ३० जना कर्मचारी रहेको उक्त विद्यालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरूबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो।

महेन्द्रनगर शाखाद्वारा: कञ्चनपुरस्थित नवज्योति बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्यान्न सामग्री प्रदान गरिएको छ।

काठमाडौँ बानियाटार शाखाद्वारा: काठमाडौँ जिल्ला, बूढानीलकण्ठ न.पा., वडा नं. ४, क्वाँटोल, चण्डेश्वरीस्थित नवज्योति मदन मेमोरियल आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरूका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कलैया शाखाद्वारा: गर्मीको समयमा उच्च तापक्रमका कारण हुन सक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरिएको छ।

मालिगाउँ, काठमाडौँमा: प्रहरी वृत्त मालिगाउँ, काठमाडौँलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थलगत रूपमा खटिने प्रहरीहरूलाई सहज होस् भन्ने उद्देश्यका साथ खानेपानी वितरण गरिएको छ।

परोपकारी साझेदारी: रोटरी क्लब अफ वीरगञ्जको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ। साथै, रोटरी क्लब अफ गैँडाकोटको सहकार्यमा नवज्योति नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणका लागि आर्थिक सहयोग गरिएको छ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै