एससीटीको ‘स्मार्ट जुलाइ अफर’: बिगमार्टमा एससीटी–युपिआइ कार्ड प्रयोगकर्तालाई १०% छुट

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले बिगमार्ट सँगको सहकार्यमा एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूका लागि ‘स्मार्ट जुलाइ अफर’ ल्याएको छ। बिगमार्टका देशभर १२० भन्दा बढी शाखा रहेका छन्।

यो अफर जुलाई १, २०२५ बाट सुरु भएको छ। यसअन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा एकपटकमा १० प्रतिशतसम्म छुट पाउनेछन्। अधिकतम छुट रकम १०० रुपैयाँ तोकिएको छ। यो छुट प्राप्त गर्नका लागि पीओएस मेसिनमार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ।

स्मार्ट जुलाइ अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टका सबै शाखाहरूमा लागू हुनेछ। एससीटीले यसअघि बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे अफर’ सञ्चालन गर्दै आएको थियो, जसमा हरेक बुधबार एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट पाउँथे ।

कम्पनीका अनुसार, उक्त अफर अगस्टको पहिलो बुधबारदेखि पूर्णरूपमा पुनः सञ्चालनमा आउनेछ। यो छुट एससीटीका सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्था का एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले प्राप्त गर्न सक्नेछन् ।

हाल, २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–युपिआइ कार्ड जारी भइरहेको छ। एससीटीले यस अफरमार्फत कार्डको प्रयोगलाई अधिकतम बनाउने र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यदि तपाईंसँग एससीटी–युपिआइ कार्ड छैन भने, यस अफरमा सहभागी हुनका लागि आफ्नो नजिकको बैंक तथा वित्तीय संस्थामा गई कार्ड प्राप्त गर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै