सुनचाँदी व्यवसायीद्वारा पूर्व अर्थमन्त्री महतलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको संयुक्त कार्यदलले पूर्व अर्थमन्त्री, नेपाली कांग्रेसका नेता एवं प्रवक्ता डा. प्रकाशशरण महत समक्ष शिष्टाचार भेट गरी ज्ञापनपत्र बुझाएको छ ।

महासंघले २०८२ असार १७ गते आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत लागू गरिएका अव्यवहारिक कर नीतिहरू खारेज गर्न हार्दिक माग गर्दै यो ज्ञापनपत्र बुझाएको हो । यसअघिदेखि नै संयुक्त महासंघ यी कर नीतिको विरोधमा निरन्तर सडक आन्दोलनका साथै कूटनीतिक पहल एवं संवादमा रहेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै