प्रोटन इमास ’शार्क ट्याङ्क नेपाल’ को आधिकारिक प्रायोजक

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ क्रान्तिको प्रतिनिधित्व गर्दै आएको प्रोटन इमास अब नेपालकै उद्यमशीलता प्रवद्र्धन गर्ने लोकप्रिय रियालिटी शो ’शार्क ट्याङ्क नेपाल’सँग आधिकारिक प्रायोजकको रूपमा जोडिएको छ । यो साझेदारी हिमालय टेलिभिजनमार्फत प्रसारित हुने शोको नयाँ सिजनमा दर्शकले अनुभव गर्न पाउनेछन् ।

मलेसियाको प्रसिद्ध अटोमेकर प्रोटोन द्वारा निर्मित विद्युतीय सवारी ’प्रोटन इमास’ले नवप्रवर्तनशील सोच र दिगो व्यवसायिक भिजनलाई समर्थन गर्दै नेपाली उद्यमशीलता प्रवद्र्धन गर्न ‘शार्क ट्याङ्क नेपाल’सँग सहकार्य गरेको हो ।

जगदम्बा मोटर्स – नेपालमा प्रोटोनको आधिकारिक डिलर – का कार्यकारी निर्देशक अखिल गुप्ता भन्छन्,“नवप्रवर्तनमार्फत अगाडि बढ्ने हाम्रो प्रतिबद्धताअनुसार ’शार्क ट्याङ्क नेपाल’ जस्तो प्लेटफर्मसँग साझेदारी गर्न पाउँदा हामी गर्वित छौं । यो हाम्रो ’क्लीन मोबिलिटी’ को अभियान मात्र होइन, स्मार्ट र उद्यमशील नेपालको सपना साकार पार्ने साझा यात्राको संकेत हो ।”

नेपाली उद्यमशीलतालाई साथ दिने ब्रान्ड ’शार्क ट्याङ्क नेपाल’ले नयाँ सोच, रचनात्मकता र लगानीको संयोजन मार्फत नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म दिँदै आएको छ। अब, प्रोटन इमासले पनि उनीहरूको यात्रालाई थप प्रेरणादायी बनाउन साथ दिनेछ ।

यो सिजनभर प्रोटन इमासले शोमा प्रमुखता पाउनेछ, जसले दर्शकहरूलाई कम्पनीको विद्युतीय प्रविधि, दिगो सोच र नेपालमा फैलिँदो ईभी संस्कृति सम्बन्धी अन्तर्दृष्टि दिनेछ ।

प्रोटन इमासको परिचय

प्रोटन इमास दक्षिणपूर्वी एसियामा ’क्लीन मोबिलिटी’ क्रान्तिको नेतृत्व गर्न तयार गरिएको नयाँ पुस्ताको विद्युतीय सवारी हो । उन्नत इन्जिनियरिङ, बौद्धिक प्रविधि र वातावरणप्रतिको प्रतिबद्धता यसको विशेषता हो ।

यो सहकार्यले केवल व्यवसायिक कार्यक्रमको समर्थन मात्र होइन, नेपालको स्वच्छ, दिगो र प्रविधिमैत्री भविष्य निर्माणतर्फको महत्वपूर्ण पाइला पनि हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै