
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ड्राइभिङ कोर्समा विशेष छुट उपलब्ध गराउने भएको छ। बैंकले काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) सँग यससम्बन्धी सम्झौता गरेको छ।
यो सम्झौताअनुसार, यातायात व्यवस्था कार्यालय ठूलोभर्याङले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा कुमारी बैंकका ग्राहकहरूलाई १५ प्रतिशत छुट प्रदान गरिनेछ।
कुमारी बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न क्षेत्रका व्यवसायीहरूसँग समन्वय गरी छुट तथा किस्ताबन्दीका सुविधाहरू उपलब्ध गराउँदै आएको छ।
बैंकले देशभर ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरूमार्फत बैंकिङ सेवाहरू प्रदान गरिरहेको छ।