काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसदिन नेप्से परिसूचक ४८.७१ अंकले उकालो लाग्दै २८५१.२४ बिन्दुमा पुगेको छ ।
आज कुल २ करोड ७९ लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा सहभागी २५१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १६ कम्पनीको घटेको छ । एक कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
बिहीबार आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर र होटल फरेष्ट इन्नका सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढ्दै उच्च सीमासम्म पुगेका छन् ।